After header

७२ जिल्लाको मतपत्र छपाई सकियो ः निर्वाचन आयोग

काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ७२ जिल्लाको मतपत्र छपाई सकेको निर्वाचन आयोगले जानकारी दिएको छ । ७२ जिल्लाका लागि आज सम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइको आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट बिहीबार ३ः३० बजेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाख देखि ३० वैशाखसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

 

एक पटक पढ्नुहोस