बनेपा/जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत १९० जना विद्यार्थीहरु दिक्षित भएका छन् ।
दिक्षित कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख अतिथित्व सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरे ।

उनले यस विद्यालयबाट भोलिका दिनमा कस्तो र के गर्दा राम्रो हुन्छ सबै अभिभावकले विद्यालयलाई सल्लाह र सुझाव दिन समेत आग्रह गरे । साथै उनले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले प्रतिष्ठानले बालमैत्रि वतावरणमा बाल मनोपरार्मशदाताहरु सहितको उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७९ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता गरे । ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारीक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने बताए ।

कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीभाई बहिनीहरुले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
