After header

मतदाता शिक्षाका लागि पनौती काँग्रेसले सबै वडामा प्रतिनिधि पठायो

पनौती/मतदातालाई मतदान गर्ने तरीका सिकाउनको लागि पनौती काग्रेसले सबै वडामा प्रतिनिधि खटाएको छ । १२ वटा वडा रहेको यस नगरपालिकामा प्रत्येक वडामा कम्तिमा पाँच जना देखि बढीमा दश जना सम्म लाई प्रशिक्षण दिएर खटाएको निर्वाचन परिचालन मुल समितिका संयोजक भोला थापाले जानकारी दिनु भएको छ ।


पनौती नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली काग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा एकिकृत समाजवादीका छवि हुमागाईले उम्मेदवारी दिनु भएको छ । प्रमुखमा रुख चिन्ह र उपप्रमुखमा कलम चिन्हमा मतदान गर्नु पर्ने भएकोले आम मतदातालाई मत राख्ने तरीका सिकाउन अगुवा कार्यकर्ताहरुको टोली बनाएर वडामा पठाएको संयोजक थापाको भनाई थियो ।


मतदान गर्ने तरिका सिकाउने टोलीलाई विशेष प्रशिक्षण दिएर पठाएको पनौती काग्रेसले जनाएको छ । यो टोलीले तीन÷चार दिन भित्र सबै मतदाता लाई भेटेर मत हाल्ने प्रशिक्षण दिनेछन् ।

 

एक पटक पढ्नुहोस