After header

मतदान गर्न जानुहोस् तपाईको सुरक्षाको जिम्मा हामी लिछौं ः काभ्रे प्रहरी प्रमुख जोशी

काभ्रे/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहका लागि सबै मतदान केन्द्र र मतदान स्थलमा प्रहरी परिचाल गरीसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी जानकारी दिए । भोलि हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थापन भईसकेको बताए ।

दुई पालिकाका बराबरको नेतृत्व डिएस्पीको कमाण्डमा र एक पालिकामा बराबर एक जना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरेको उनले बताए । प्रत्येक पालिकामा दुई वटा मोवाईल गाडि, जिल्ला भरि हेर्न दुई वटा रिर्जभ गाडि सहित प्रहरी परिचान गरेको उनले बताए । हरेक दुई पालिकमा एक जना डिएस्पीले अनुगमन गर्ने र प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा व्यवस्थापन गरेको उनले बताए ।

निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदान स्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरीले जनाएको छ ।
मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्र राज जोशीले आह्वान गरेका छन् । मतदान गर्न जानुहोस् तपाईहरुको सुरक्षाको जिम्मा हामी लिछौं उनले भने ।

मतदाता हिँड्ने बाटोभरि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रहरी प्रमुख जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक मतदान गर्न आग्रह गरे ।

मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको छ । मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सुरक्षा कडा गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी जोशीले बताए ।

काभ्रे जिल्लाभर नेपाल प्रहरी ९सय ७९ र म्यादी १६सय ११ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख एसपी जोशीले जनाएको छ ।

एक पटक पढ्नुहोस