काभ्रे/आज बैशाख ३० गते अर्थात स्थानिय तहको जनप्रतिनिधी छाने दिन हो । देशैभर एकै पटक हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा पनि मतदान शुरु भएको छ ।

आज बिहान बाटै नै काभ्रेको १३ वटै स्थानिय तहमा अहिले बिहान ७ बजेबाट मतदाना शुरु भएको छ । काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपािलकामा अहिले बिहान ७ बजेबाट मतदान शुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनु भयो । अहिले बिहान ७ बजे बाट शुरु भएको मतदान बेलुका ५ बजे सम्म चलिरहेने उहाले बताउनु भयो । काभ्रेमा शान्त वातावरण मतदान शुरु भईरहेको उहाँले जानकारी दिनु भयो ।

जिल्लामा निर्वाचनका लागि जिल्लाका १ सय ८९ मतदान स्थलको ३ सय ८१ मतदान केन्द्रमा एक हजार ९ सय ४ जना कर्मचारी खटिएको समेत उहाँले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, एक हजार ६ सय ११ म्यादी प्रहरी र नेपाली सेना परिचालित भएको जानकारी दिनुभयो । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने उहाँले जानकारी दिनु भयो ।

जिल्ला सुरक्षा समितिले जिल्लाका १९ मतदान केन्द्रलाई अति संवेदनशील, ५० मतदान केन्द्रलाई संवेदनशील र २ सय १२ मतदान स्थललाई सामान्य मानेर सोही अनुसारको सुरक्षा व्यवस्थालाई कडा पारिइको उहाँले बताउनु भयो । काभ्रे जिल्लाको १३ वटै स्थानिय तहमा गरी जम्मा ३ लाख ३ हजार ५ सय ६० मतदाता छन् । जसमा पुरुष १ लाख ५४ हजार १ सय ८३, महिला १ लाख ४९ हजार ३ सय ७५ र तेस्रो लिङ्गी २ जना मतदाता रहेका छन् ।




