After header

काभ्रेमा १४ वडा अध्यक्ष विजय

कस्ले कति वडा अध्यक्ष जित्यो

काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडाको मतगणना जारी रहेको छ ।

१३ वटा स्थानिय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ । बैशाख ३१ गते बिहान देखि मतगणना शुरु भएर जेठ १ गते बिहान सम्म मतगणनामा हाल सम्म काभ्रेमा नेपाली काग्रेसले ५ वटा वडा जितेको छ ।

नेपाली काग्रेसको तर्फबाट बनेपा वडा नं. २, धुलिखेल १, भुम्लु २, बेथानचोक १ र मण्डन २ मा काग्रेसको तर्फबाट वडा अध्यक्ष जितेको छ । यसै गरी एमाले बाट काभ्रेमा ५ जना वडा अध्यक्ष जितेको छ । एमालेले धुलिखेल २ र ३, मण्डन १, पनौती २ र भुम्लु ३ मा एमालेको तर्फबाट वडा अध्यक्ष जितेको छ ।

यसैगरी माओवादीले ३ वटा वडा अध्यक्ष जितेको छ । माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १ मा माओवादीको तर्फबाट वडा अध्यक्ष जितेको छ भने नमोबुद्ध १ मा स्वतन्त्रबाट वडा अध्यक्ष जितेको छ । काभ्रेमा १ सय ३५ वडा मध्ये हाल पनि १४ वडाको मतगणना सकिको छ भने अरु मतगणना जारी रहेको मृख्य निर्वाचन कार्यालय धुलिखेल जनाएको छ ।

एक पटक पढ्नुहोस