काभ्रे/धुलिखेल नगरपालिकाका मेयर पदका लागि एमाले बाट उम्मेदवारी दिएका अशोक ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले झट्का दिएका छन् । १ देखि ८ वडा सम्म १२ हजार ५ सय ४० मतगणना हुदाँ सूर्य चिन्हमा ५ हजार ७ सय ४८ मत र जेब्रामा ३ हजार ७ सय ७ मत प्राप्त गरेका र सूर्यले २ हजार ४१ मतान्तर रहेको थियो । वडा नं. ९ मा १ हजार ९ सय ३८ मतगणना हुदाँ जेब्राले सूर्यलाई झट्का दिन थालेको छ ।
२ हजारले अगाडि रहेको ब्याञ्जुलाई बिदुरले एकै वडाको मतले १ हजार तिरेका छन् । वडा नं. १० को मत परिणम आउदाँ सूर्य र जेब्रामा बराबारी जस्तै हुने सम्भावना रहेको छ । १० र ११ वडाको मतगणना हुदाँ सूर्य चिन्ह र जेब्रा चिन्हलाई बराबर मत हुने र बाकी १२ नं. वडाको मतले जेब्राले चुनाव जित्ने एक जेब्राका कार्यकर्ताले बताए । एउटै नगरमा दुइ वटा नियम लगाएर शाक्तिको आडमा मतगणना भईरहेको भएपनि कसैको केही नलाग्ने उनले बताए ।
१ देखि ८ वडा सम्म एउटा नियम र ९ देखि १२ सम्म अर्को नियम परिवर्तन गरेर मतगणना हुदाँ पनि स्वतन्त्र उम्मेदवार बिदुरले नपाउने तरिकाले जित्ने सम्भावना रहेको उनको भनाई थियो ।
