काभ्रे/पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको गृहनगरमा एमालेविरुद्ध गठबन्धन विजयी भएको छ । एमालेको जिल्ला इन्चार्ज समेत रहेका बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू अत्यधिक मतान्तरले विजयी भएका छन् ।
मण्डनदेउपुर नगरपालिकाको नगरप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन् । उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् । प्रमुखमा निर्वाचित एकीकृत समाजवादीका वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् ।
उपप्रमुखमा निर्वाचित कांग्रेसका नेपालले ११ हजार ३ सय ५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छिन् । नगरप्रमुखमा वाइबाले १ हजार ५५ र उपप्रमुखमा नेपाल ४ हजार ३ सय ८१ मतान्तरले विजयी भएका छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकामा नेपाली काग्रेसले ७ वटा वडा अध्यक्ष जितेको छ भने एमालेले ४ र माओवादीले एक वटा जितेको छ ।
मण्डनदेउपुर १ मा नेकपा एमालेका शिवप्रसाद ढकाल, २ मा नेपाली काग्रेसका राजकुमार मल्ल, ३ मा नेपाली काग्रेसकापुरुषोतम बजागाई, ४ मा एमालेका मैतेसिं तामाङ, ५ मा एमालेकाहर्क बहादुर घिसिङ, ६ मा काग्रेसका कुमार ढकाल, ७ मा एमालेका बिष्णुप्साद पौडेल, ८ मा माओवादीका निरञ्जन विष्ट, ९ मा काग्रेसका सिताराम श्रेष्ठ, १० मा काग्रेसका कुमार तामाङ, ११ मा काग्रेसका दिपेन्द्र लामा र १२ मा काग्रेसका राजकुमार पराजुली वडा अध्यक्ष विजयी भएका छन् ।
