After header

बेथानचोकमा गठबन्धनका उम्मेदवार विजयी

कस्ले कुन वडा जिते हेर्नुहोसु नामवली सहित

 

काभ्रे/काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षमा भगवान अधिकारी विजयी भएका छन् । बेथानचोक गाउँपािलकामा गठबन्धनबाट अध्यक्षमा काग्रेसका भगवान र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना विजयी भएका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २ हजार ८ सय ५९ मतले हराएका हुन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३ हजार १ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राना तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४ हजार ४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३ हजार ५ सय ७३ मत पाएकी छिन् । त्यसै गरी बेथानचोकमा ६ वटा वडा रहेकोमा काग्रेसले ५ वटा र एक स्वतन्त्रले जितेको छ भने एमालेले एक सिट पनि जित्न सकेको छैन् ।

बेथानचोक १ मा काग्रेसका मधुसुदन तिमल्सिना, २ मा काग्रेसका पुरुषोत्तम तिमल्सिना, ३ काग्रेसका कुबेर ढकाल, ४ काग्रेसका कृष्णबहादुर लामा, ५ मा स्वतन्त्र, राजकुमार वाइवा र बेथानचोक ६ मा काग्रेसका विष्णु लामाले वडा अध्यक्ष जितेका छन् ।

 

एक पटक पढ्नुहोस