After header

वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य र बाटो हो ः तामाङ

पनौती/पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय लामाले शिक्षा, स्वास्थ्य र बाटोका लागि आफ्नो पहिलो प्राथामिकता रहेको बताएका छन् ।

बैशाख ३० को स्थानिय तहको निर्वाचन बाट नेपाली काग्रेसबाट नवनिर्वाचित वडा अध्यक्ष जय कुमार तामाङ आज मंगलबार पदग्रहण गदै आफूले यस वडामा जनताले विकास खोजेका कारण विकासका लागि पहिलो प्राथमिकता रहेको बताएका छन् । यस वडाका लागि पहिलो काम भनेको पर्खालचौर देखि मानेदोवान सम्म बाटोमा प्रतिक्षलय तत्काल निर्णय गर्ने समेत उनले बताए ।

रयाले देखि मानेदोवान सम्म बाटोमा ३ वटा प्रतिक्षलय निर्माण चाडै नै शुरु गर्ने बताएका छन् । यस वडामा रहेका दिनदुखीलाई समेत वडाले पहिचान गरी अगामी दिनमा सहयोग गर्ने लामाले जानकारी दिए । आफूले नेपाली काग्रेसबाट निर्वाचन जिते पनि आज बाट यस वडाबासीको साझा ब्यक्ति रहेको भन्दै यस वडाबाट प्रदान गरिने सेवा, सुविधा र अन्य कामका लागि मेरो सबै सम्माजन रहने बताए । यस वडाको विकासका लागि सबै वडाबासीको सल्लाह सुझावबाट नै आफू सधैव अगाडि बढ्ने बताए ।

एक पटक पढ्नुहोस