काठमाडौं/ हिजो आईतबार बाट हराईरहेको तारा एयरको जहाज आज बिहान भेटिएको छ । बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी रहेको जनाएको छ ।
जहाजमा चालक दलका सदस्य सहित २२ जना रहेकोमा अरुको खोजी कार्य जारी रहेको उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
