काभ्रे/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले जन निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । २०७९ सालको स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आज बनेपामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गदै नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले सबै जनप्रतिनिधीहरुलाई जनताको भावना बुझेर काम गर्न आग्रह गरे । उपसभापति खड्काले पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि जनताले अबको देशको निकासका लागि काँग्रेस आवश्यक ठानेर मत दिए । नेपाली काँग्रेस यति बेला स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी भयो ।

त्यसैले जनताको मर्म र भावना बुझेर भोलिका दिनमा पनि जनताको मतको ख्याल गदै काम गर्न निर्देशन दिए । अब आउने प्रदेश र सघीय निर्वाचनमा पनि नेपाली काग्रेस पहिलो पार्टी बनाउन सबै जनप्रतिनिधिीहरुले जनताको भावना बुझेर स्थानित तहमा राम्रा काम गर्न आग्रहर गरे ।
काँग्रेसलाई आएको मत हेर्दा यो निर्वाचनबाट काँग्रेसप्रति विश्वास बढ्न थालेको उनको भनाई छ । यसलाई जोगाउन निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामाले जनताको मन जित्ने गरी काम गर्न अनुरोध गरे । अब चाडै नै प्रदेश र सघीय निर्वाचनका लागि सबै एकजुट भई स्थानिय तहको नतिजा पुन प्रदेश र सघंका लागि पनि सबै जना एक ढिक्का भएर लाग्न आग्रह गरे ।

नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले जनप्रतिनिधिहरु सिसाको घरमा रहेको भन्दै जनताले प्रत्येक क्रियाकलाप निगरानी गरिरहने बताए । नेपाली काँग्रेसका निमित्त काभ्रेली अग्रज नेताहरुले देखाएको मार्गमा निरन्तरता हिड्दा काभ्रे काँग्रेसको लागि यतिखेर ठुलो अवसर मिलेको छ ।

स्थानिय तहको निर्वाचनमा गठबन्धन गरी अगाडी बढ्ने क्रममा पुर्ण रुपमा नेपाली काँगे्रस सफल भएको छ । जिल्लामा रहेको १३५ वडहरु मध्य थोरैमा मात्रै गठबन्धन भएपनि अन्य वडाहरुमा गठबन्धन पक्षधर नै आ—आफ्नै तरिकाले निर्वाचनमा सहभागि हुदै गर्दापनि नेपाली काँग्रेसले ६० वटा वडामा बिजयी हुन सफल भएको छ उनले भने ।
स्थानीय तह निर्वाचनको क्रममा जिल्लाका १३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४ नगर प्रमुख, २ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष पदमा जितेको छ । यस्तै १ सय ३५ वडामध्ये ६० वडाअध्यक्ष, ६० महिला सदस्य, ६१ दलित महिला सदस्य र १२० जना खुल्ला सदस्य समेत कांग्रेसका ३ सय १४ जना र कार्यपालिका सदस्यमा थप ३३ जना निर्वाचित भएका छन् । कांग्रेस स्थानीय तहका निर्वाचनमा काभ्रेमा पहिलो पार्टी बनेको थियो ।




