काठमाडौं/ बैंकिङ कसुरमा परार रहेको पनौती घर भई हाल काठमाडौृ. बस्ने एक जनालाई पक्राउ परेका छन् ।
प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका काभ्रे पनौती नगरपालिका–१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका पक्राउ परेको प्रहरी जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।
२०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख ५० हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
