खडपु/ काभ्रेको पनौतीमा सम्पन्न भएको राष्टपति रनिङ सिलमा बिजेता भएका खेलाडीहरुलाई आज शानिबार एक कार्यक्रम बिच सम्मान तथा बधाई गरिएको छ ।
अरनिको टाईकान्डो डोजङ खड्पुको विजेता खेलाडी सम्मान तथा बधाई गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद समिति काभ्रेका अध्यक्ष मान विर लामाको प्रमुख आथित्यमा पनौतीमा सम्पन्न भएको टाईकान्डो खेल तर्फ अरनिको डोजो बाट ४४ केजि उमेर समुहमा प्रियसा घलान, साधाना श्रेष्ठ र ४६ केजि समुह तर्फ बाट सेमिफुङ सुब्बा तेस्रो हुन सफल भएकी थिईन् ।

त्यसै गरि अरनिको डोजो बाटै ४८ केजि पुरुष समुहमा अभिषेक घिमिरे तेस्रो हुन सफल भएका थिए । खेलमा अरनिको डोजो बाट विजेता हुने चार जना खेलाडीलाई सम्मान तथा बधाई तथा डोजोका खेलाडीहरुको ग्रेडीङ प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद समिति काभ्रेका अध्यक्ष मानविर लामाले खेलाडीहरुलाई ग्रेडीङ प्रमाण पत्र बितरण गरिएका थिए । कार्यक्रममा बोल्दै लामाले खेलकुद क्षेत्रको बिकास गर्नको लागि जिल्ला समितिले बिभिन्न खेल आयोजना गरिदै आएको बताए ।
बिजेता खेलाडीहरुलाई बधाई दिदै लामाले अगामी दिनहरुमा समेत खेल क्षेत्रमा थप प्रगती गर्दै जानको लागि खेलाडीहरुलाई अनुरोध गरे । डोजो संचालन समितिको अध्यक्ष गणेश ब भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरको खलाडीहरुको समेत सहभागिता रहेको थियो ।
