After header

बनेपाको बजेट १ अर्व ५५ करोड २४ लाख

बनेपा/ बनेपा नगगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०का लागी १ अर्व ५५ करोड २४ लाखको बजेट सार्वजानीक गरेको छ ।
नगरपालिकाको १० औ नगर अधिबेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम र बजेट तथा आर्थिक बिद्येय उप प्रमुख विमला सापकोटाले प्रस्तुत गरेकी थिइन् । नगरपालिकाको आन्तिरक आय ३३ करोड, वागमती प्रदेश, संघिय सरकार बाट गरी कुल बजेट १ अर्व ५५ करोड २४ लाख रुपँयाको बजेट ल्याएको हो ।

नगरले बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा नगर विकास कोषसगको लागत सहभागितामा बहुतले सवारी पार्किङ स्थल ९ःगतिष्क्तयचभथ एबचपष्लन० निर्माण गरी पार्किङ व्यवस्थापन सहित आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दीगो अभिवृद्धिका लागि नगरपालिकाको स्वामित्वमा रहेका सम्पति बहालमा वा लिजमा दिने,नीतिलाई व्यवहारिक र प्रभावकारी बनाई कार्यान्वयन गरीने,कर, शुल्क तथा आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग बाणीज्य संघ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसंगको सहकार्यलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने जनाएको छ । हाम्रो विद्यालय हाम्रो सपना भन्ने आदर्श वाक्य पुरा गर्न नगर क्षेत्रभित्रका चार वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्न आवश्यक प्रबन्ध मिलाइने, बाल तथा मातृ मृत्युदर न्यूनीकरणका लागि उपयुक्त बर्थिङ सेन्टर स्थापना र सञ्चालन लगायतका कार्यक्रमहरु विस्तार गरीने छ ।
सार्वजनिक स्थानमा फोहोर निस्कासन कार्यको अनुगमन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्तिलाई कडा कानूनी कारवाही हुने व्यवस्था मिलाइने छ । जैविक र अजैविक फोहोर श्रोतमै (घरघरमै) वर्गीकरण गरी घरायसी जैविक फोहोर व्यवस्थापनका लागि गड्यौला खेती, कौशी खेती र फोहरबाट मल बनाउने प्रविधिको अनुशिक्षण र अभ्यासका लागि आवश्यक उपकरण सहयोग गर्ने वातावरण मिलाइने छ ।

भूमीहिन तथा सुकुम्बासीहरुको व्यवस्थापनका लागि नेपाल सरकारले अगाडी सारेका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण मिलाइने छ । नगर क्षेत्रभित्रका सबै जग्गाहरुको डिजिटल नापीका लागि सम्बन्धित निकायमा पहल गरीने छ । बनेपा नगरपालिकाका लागि पाँचवर्षे गुरुयोजना तर्जुमा गरी कार्यान्वयनको वातावरण मिलाइने छ ।

नगरपालिकाका योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा परामर्श दिन विज्ञ समूह गठन गरी पुण्यमाता करिडोर निर्माणको कार्यलाई निरन्तरता दिन उपयुक्त वातावरण बनाइने छ । साथै चण्डेश्वरी, चसी खोला,काँध खोला लगायतका नगरभित्रका आवश्यकता पहिचान गरीएका खोलाको दाँयाबाँया किनारमा हरित बेल्ट सहित करिडोर निर्माणका लागि अध्ययन गरी कार्यान्वयनको वातावरण मिलाइने नगर प्रमुख शान्ति रत्न शाक्यले बताए ।

एक पटक पढ्नुहोस