After header

टिभियसका नयाँ मोडलका बाइक अब बनेपमा

बनेपा/ काभ्रेको बनेपामा टिभिएसको नयाँ  मोडेलक बाइक एवं स्कुटर बिक्रिका लागि भित्राएको छ ।टिभिएस कम्पनीका बाइक एवं स्कुटर बिक्रि गर्दै आएको लक्ष्मि व्हिल्स बनेपाले टिभिएस आरटिआर १६० एफआइ इन्जिन सहितको नयाँ बाइक बनेपामा भित्राएको हो ।

टिभिएस आरटिआर १६० एफआइ इन्जिन सहित विभिन्न ३ फरक मोडहरु रेन मोड ,अर्बन मोड र स्पोर्ट मोडमा समेत चलाउन मिल्ने गरि बजारमा आएको बनेपा शाखाका संचालक सेवक बुधाथोकीले जानकारी दिए ।

उक्त बाइकको बनेपा नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष नृपेश बादे र शाखाका संचालक सेवक बुधथोकीले संयुक्त रुपमा छोपिएको बाइकको कभर झिकी अनावरण गरेका थिए ।

एक पटक पढ्नुहोस