After header

बनेपा ९का महिलाहरुका निम्ति उद्घोषण तालिम सम्पन्न

बनेपा/ काभ्रेको बनेपा नगरपालिकामा तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बनेपा वडा नम्बर ९ को आयोजनामा वडाका महिलाहरुका स्तर उन्नतीका लागि भन्दै दिएको तिन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले यस्ता खालका तालिमा अतिनै आवश्यक रहेको बताए । तालिम समापनमा बोल्दै शाक्यले उद्घोषण तालिम त्यहा माथि महिलाहरुका लागि बोल्न सहज र सरल होस् भन्ने हिसाब दिएको यस तालिम लिएका महिलहरुले भोलिका दिनमा तालिमको सदुपयो गर्न आग्रह गरे ।

शाक्यले मंगलबार समापन समरोहका बीच तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । शाक्य आफै पनि नेपाल जेसिसको राष्ट्रिय प्रशिक्षक भइसकेकाले कार्यक्रम संचालनका बारेमा आफुले जानेका कुराहरु सहभागी समक्ष निकै रोमान्चक तरिकाले सुनाएका थिए ।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेले महिलाका हक अधिकारका लागि आफु र आफ्नो नगरपालिका सधैव लागि रहने बताए । तालिम मात्रै नभई भोलिका दिन महिलाका लागि वडाले गर्न सक्ने सिपमूलक देखि अन्य तालिम पनि दिने बताए ।
तिन दिन सम्म चलेको तालिममा महिलाहरुको क्षमता बिकासमा टेवा पुराउने उदेश्यका साथ आयोजना गरिएको तालिममा ३० बढी महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा भर्खरै एसईई दिएर बसेका बिद्यार्थी देखि गृहणी महिलाहरु सम्मको उपस्थिति रहेको थियो । तालिम सहभागिहरुलाई संचारकर्मी सचित खड्काले उदघोषण सम्बन्धी तालिम दिएका थिए । तालिम पछि आफुहरुमा राम्रो परिवर्तन आएको सहभागी महिलाहरुले बताएका छन् । उनीहरुले यस्ता प्रभावकारी तालिम वडाले आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए ।

तालिमको संयोजन महिला सदस्य मनीषा तामाङ्गले गरेकी थिईन भने वडा अध्यक्ष नृपेश वादेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

एक पटक पढ्नुहोस