After header

पोलिटब्यूरो सदस्यको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक एक घण्टाका लागि स्थागित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए । प्रचण्डले नामहरु वाचन सुरु गरे लगतै तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् ।

प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । ३÷४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए ।

एक पटक पढ्नुहोस