काठमाण्डौ/ पछिल्लो दिनमा नेपाली राजनीति लाई अर्थपूर्ण रूपमा हेरिएको एक चिनीयाँ नेताको भ्रमण लाई लिई रहेको बेला सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने बताइएको छ ।
