काठमाडौं/ नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न ९ औं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याए ।खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् । सचिव टेलिभिजन माध्यमबाट अशोक कुमार तिवारी निर्वाचित भएका छन् ।
खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस÷आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । त्यसै गरी केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी (स्वास्थ्य), सदस्यमा गिरीराज पोखरेल, घनश्याम पौडेल, महिला सदस्यतर्फबाट पुजा शर्मा र सृजना कुमारी गौतम निर्वाचित भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्य खुलाबाट खिलानाथ दाहाल, खेमराज थापा,जीवन शर्मा, दिपक भण्डारी, नारायण सापकोटा, नेत्र तामाङ, पेशल आचार्य, बसन्त योगी, भीम कुमार बास्कोटा, मित्र भण्डारी, मूक्ति बाबु रेग्मी, राजन दाहाल, विजय पोखरेल, शुशिल कोइराला र सिताराम गुरागाई निर्वाचित भएका छन् ।
त्यसै गरी केन्द्रीय सदस्य खुला महिलामा अनु निरौला,कमला हमाल, शोभा केसी, सरिता खनाल,सविना पौडेल र सुशिला बेलबासे निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य मधेशी खुलाबाट नवी झा, मिथिलेश कुमार यादव र सनिउल्ला धोवी निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य मधेशी महिलाबाट सुधा देव निर्वाचित भएकी छिन् । त्यसैगरी केन्द्रीय सदस्य आदिबासी जनजाती खुलाबाट छविलाल माल (कुमाल), निमा वाङ्गेल र सुवास कुमार सुनुवार निर्वाचित भएका छन् । केन्द्रीय सदस्य आदिबासी जनजाति महिलाबाट रीता कुमारी मगर निर्वाचित भएका छन् ।
त्सैगरी केन्द्रीय सदस्य खस आर्य खुलाबाट कपिल कोइराला, चेतन रेग्मी र श्रीराम रायमाझी निर्वाचित भएका छन् । केन्द्रीय सदस्य खस आर्य महिलाबाट जेविका कार्की र बालिका शिवाकोटी निर्वाचित भएका छन् । केन्द्रीय सदस्य थारु खुलाबाट लक्ष्मीमान चौधरी निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रय सदस्य थारु महिलाबाट अञ्जना चौधरी निर्वाचित भएका छन् ।
त्यैसगरी केन्द्रीय सदस्य दलित खुलाबाट प्रविर ददेल र साजन परिवार निर्वाचित भएका छन् । केन्द्रीय सदस्य दलित महिलाबाट फुलमाया सुनार (फुलु) निर्वाचित भएक छन् । त्यैसगरी केन्द्रीय सदस्य पिछडिएको क्षेत्र खुलाबाट जनक केसी र बिस्न प्रसाद न्यौपाने निर्वाचित भएक छन् । त्यसैगरी केन्द्रीय सदस्य पिछडिएको क्षेत्र महिलाबाट शितल स्नशी निर्वाचित भएकी छिन् ।
त्यसैगरी केन्द्रीय सदस्य यौनिक तथा लैगिक अल्पसंख्या सहित अल्पसंख्या समुदायबाट नारद कोहार निर्वाचित भएका छन् । केन्द्रीय सदस्य अपाङ्ग बाट कौरब खत्री निर्वाचित भएका छन् । त्यसैगरी केन्दीय सदस्य प्रदेश नं. १ खुलाबाट गोपाल प्रसाद पोखरेल र भानुभक्त निरौला निर्वाचित भएका छन् । केन्द्रीय सदस्य प्रदेश नं. १ महिलातर्फबाट कमला कुमारी चौधरी र शुसिला संग्रौला निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य मधेश प्रदेश खुलाबाट गणेश राज रिजाल र सञ्जय कुमार कार्की निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य मधेश प्रदेश महिलातर्फबाट अप्सारा पुडासैनी र निलिमा पौडेल निर्वाचत भएका छन् । त्यसै गरी केन्द्रीय सदस्य वागमती प्रदेश खुलाबाट अर्जुन अधिकारी र किरण प्रसाद अधिकारी निर्वाचित भएक छन् । त्सैगरी केन्द्रीय सदस्य वागमती प्रदेश महिलातर्फबाट आत्मा गुरागाई र रमा लुईटेल निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य गण्डकी प्रदेश खुला बाट घनश्याम बगाले र धुवसागर शर्मा निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य गण्डकी प्रदेश महिला तर्फबाट कृष्ण कुमारी ढकाल र माया कुमारी अधिकारी निर्वाचित भएका छन् ।त्यसैगरी केन्द्रीय सदस्य लुम्बिनी प्रदेश खुलाबाट प्रेम नारायण आचार्य र लोकराज अधिकारी निर्वाचित भएका छन् । केन्द्रीय सदस्य लुम्बिनी प्रदेश महिला तर्फबाट नारायणी रजौर र शुशिला रेग्मी निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य कर्णाली प्रदेश खुलाबाट नवीन पौडेल र बालकृष्ण शर्मा निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश महिला तर्फबाट चादनी कठायत र ज्योति कटुवाल निर्वाचित भएका छन् । केन्द्रिय सदस्य सुदुरपश्चितम प्रदेश खुलाबाट पुष्पराज जोशी र शुशिल भण्डारी निर्वाचित भएका छन् ।
त्यैगरी केन्द्रिय सदस्य सुदुरपश्चितम प्रदेश महिला तर्फबाट जमुना न्यूरे र निर्मला भट्ट निर्वाचित भएका छन् ।त्यसैगरी केन्द्रीय सदस्य उपत्यका खुल्लाबाट केशवराज विष्ट र माधव प्रसाद घिमिरे निर्वाचित भएका छन् । केन्द्रीय सदस्य उपत्यका महिलामा तेजना पण्डित निर्वाचत भएक छन्् ।
