काठमाडौं/ कतारको राजधानी दोहामा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको समिति गठन भएको छ । संसार भर छरिएर रहेका तिरुवाहरुको अन्तराष्ट्रिय स्तरको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान विदेश विभाग अन्र्तगत कतारको राजधानी दोहा ग्रिनमलमा आयोजित भेलाबाट भिमराज तिरुवाको अध्यक्षतामा नया कार्य समिति चयन गरीएको छ ।
भेलाले उपाध्यक्षमा दिनेश तिरुवा, सचिवमा सागर कुमार तिरुवा, कोषध्यक्षमा ददिमल तिरुवा, सहकोषध्यक्षमा प्रदिप तिरुवा, सदस्यहरुमा रामबहादुर तिरुवा,झुपे बहादुर तिरुवा, रामबहादुर तिरुवा, प्रेमबहादुर तिरुवा, नरसिङ्ग तिरुवा र विशाल तिरुवा चयन गरिएको छ ।
रोजगारका लागि कतारमा रहेका तिरुवा बन्धुहरु, इष्टमित्र र अन्य नेपाली श्रमिकहरुको बिच राष्ट्रियता, भाइचारा, आपसी सहयोग र समन्वय गर्ने र गराउने उश्देयले सस्था गठन गरिएको नवनिर्वाचत अध्यक्ष भिमराज तिरुवाले जानकारी दिए । यो विदेशी मुलुक हो यहाँ कसैले पनि राजनिति गर्ने उश्देयले विदेश आएका हुदैन् । त्यसैले यस सस्थाले भोलिका दिनमा आफ्नो जन्म भूमि छोडेर कर्म गर्न आएका दाजुभाईका लागि केही अठ्यारो पर्दा सहयोग गर्न उश्देयले यो सस्थाले गठन गरेको हो अध्यक्ष भिमराज तिरुवाले बताए ।
