काठमाडौं/ प्रहरीले कल सेन्टरमा छापा मारी एक चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गर्न खोज्दा रोक्क लगाउने ७ जना महिलालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कल सेन्टरबाट ल्यापटप सहित अन्य प्रयोगमा आउने समान बरामत गरेको छ । यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ ।
