After header

पनौती बोलबममा टि–सर्ट वितरण

पनौती/ काभ्रेको पनौतीमा काबरिया संघद्धारा आयोजित बोलबम कार्यक्रममा टि–सर्ट वितरण गरिएको छ । साउनको दोस्रो सोमबार आयोजित बोलबम कार्यक्रममा उपस्थित भक्तजनहरुलाई संघले टिसर्ट वितरण गरेको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले भक्तजनहरुलाई टिसर्ट वितरण गरेका थिए । उनले यस पवित्र धार्मिक कार्यक्रममा श्रदालु भक्तजनलाई साउन महिनामा चल्ने बोलबमको शुभकामना दिदै यस पवित्र कार्यका लागि सबै भक्तजनलाई स्वागत समेत गरेका थिए ।

बोलबम कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति तिर्थ लामा, सस्थाका अध्यक्ष रामगोपाल नापित, सस्थाका सल्लाहकार एवं नेपाली काग्रेसका कोषाध्यक्ष जगन्नाथ गिरी लगायत श्रदालु भक्तजनहरुको उपस्थित रहेका थिए । बोलबम कार्यक्रमका लागि लुक्स नेपाल डटकम,पशुपति परिधान, उर्मिला इन्टरनेसनलको छुट्टा–छुट्टै सहयोगमा बोलबम प्रिन्ट भएको टि–शर्ट वितरण गएिको थियो ।

सस्थाका अध्यक्ष नापितले यस पवित्र स्थल बोलबममा सहभागीहरुलाई धन्यावाद दिदाँ यस साउन महिनाभर शिव महादेवको पूजा र आरधानाले सबैको कल्याण हुने बताए । सस्थाका सल्लाकार जगन्नाथ गिरीले यस पवित्र कार्यका लागि प्रत्येक वर्ष हामीले बोलबममा सहयोग गदै आएको र यसका लागि यस वर्ष पनि निरन्तर दिदै आएको बताए । साउन महिनामा शिव भगवानको पूजा सबै मानीसको कल्याण हुने गिरीले बताए ।

काबरिया संस्थाका सल्लाहकार एवं युवा नेता जगन्नाथ गिरिको व्यवस्थापनमा पशुपति परिधान उद्योगको तर्फबाट राजु श्रेष्ठ, शिवहरि भट्टराई, उर्मिला इन्टरनेश्नलका दिपेन्द्र कुमार अग्रवाल एवं लुक्सनेपाल डटकमको तर्फबाट शुभराज तिमल्सिना लगायतको सहयोगमा संचालित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना सहित नेताहरु रामहरि सुवेदी, तीर्थ पसखल, भोला थापा, मोहन भण्डारी, प्रल्लाद केसी, धनबहादुर जंगम, पुरुषोतम कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।

बोलबम कार्यक्रममा उपस्थित सम्पूर्ण भक्तजनलाई आयोजकले प्रसाद ग्रहण गराएक थिए ।

एक पटक पढ्नुहोस