काठमाडौं/ बञ्चरेडाँडामा भदौ १ गते देखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गदै बञ्चरेडाडाँ ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गते बाट उपत्याकाको फोहोर फाल्न नदिने यसका लागि आफूहरु जस्तो सुकै आदोलन पनि गर्ने तयार रहेको पत्रकार सम्मेलनमा जनाईको छ ।
महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको उनको भनाइ छ ।
ढुंगानाले भने, ‘मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ । बञ्चरेडाँडाका मानिसहरुको जिउ धनको रक्षा गर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ’ उनले भने ।
यसका विषयमा समितिले प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए ।
