काठमाडौं/ राँगोले आतंक मच्चाएको भन्दै आज बिहान प्रहरी गोली हानेर राँगोलाई मारेको छ ।काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो ।
थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । ‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो ।
त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो,’ थानकोट प्रहरीले जनाएको छ । राँगोबाट कुनै पनि क्षेति नहोस् भन्दै राँगोलाई गोली हानेर मार्नु मरेको प्रहरीले जनाएको छ ।
