After header

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

धनगढी/  नेपाल सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । प्रहरीको विशेष सुचनाका आधारमा उनलाई डेढ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ ।कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक पटक पढ्नुहोस