After header

बाग्दुलाबाट डाम्री जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना, १६ घाइते ,घाईतेको उद्धार हुँदै 

प्युठान/

प्युठानको बाहाने बजार नजिक खहरे खोलामा जीप दुर्घटनामा परेको छ । बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाईतेमध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले महेश थापाले बताए ।

जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ४ बहाने नजिक खहरे खोलामा अनियन्त्रीत भई जीप दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको प्रहरीले जानकारी दिएको छ। सडकबाट जीप करिब ४० मिटर तल खसेको छ। दुर्घटना स्थलमा ईलाका प्रहरी कार्यालय बाहानेको टोलि र स्थानीयले घाइते उद्धार गरेका छन् ।

दुर्घटनाको के कति कारणले भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । दुर्घटनाको पूरा विबरण आउन बाँकी छ।

एक पटक पढ्नुहोस