–काभ्रे/ अखिलनेपाल महिला सघ (क्रान्तिकारी) र पुर्व जनमुक्ति सेना नेपाल महिला प्रतिष्ठान (पि.एल.ए) ले शनिबार संयुक्त रुपमा बनेपामा तिज कार्यक्रम मनाएको छ । शनिबार बनेपामा अनेम संघ काभ्रेकी अध्यक्ष उषा अर्यालको सभाध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेश संयोजक पार्वती थापाको प्रमुख आथित्यमा तिज विशेष बिबिध कार्यक्रम गरेर तिज मनाएको थियो । 
तिज विशेष कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेश संयोजक पार्वती थापाले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्दै तिज आत्मीयता र सद्धभावको पर्व भएको बताईन् । तिजको अवसरमा महिलाहरुले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्याचार विरुद्ध गीतका माध्यबाट विद्रोह गर्दै आएको समेत उनले बताइन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मिना तामाङ (रञ्जिता) ले तिज हिन्दु धर्म मान्ने महिलाहरुको एउटा विशिष्ट पर्व भएको बताउँदै तामाङले सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व रहेको बताईन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केद्रिय सदस्य रुकु चौलागाई, चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, बेथाञ्चोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिीनाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्य समिति सदस्य कृष्ण कुमारी राई, नेकपा प्रदेश कमिटि सदस्य कविता तामाङ, जिल्ला सदस्य सृजना तामाङ, मीना तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य शुकदेव थपलिया, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, उपाध्यक्ष अञ्जली तामाङ, लगायतको उपस्थिती थियो ।
