After header

एक हजारको नक्कली नोट सहित एक जना पक्राउ

धुलिखेल/

नेपाली नक्कली रुपियाँ सहित एक जना पक्राऊ परेका छन् । भदौ २३ गते काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं। ०७ बडारे गाउँ स्थितमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं। ०८ कमाने घर हुने वर्ष ३० को नारायण पाख्रिनले नम्कली नेपाली रुपैयाको नोटहरु बोकी हिडी रहेको छ भन्ने जिल्ला प्रहरी कार्यालय काभ्रे लाई आएको बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।  उनका अनुसार सूचना पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कानुन बमोजिम नियन्त्रणमा लिई निजको शरिर समेत तलासी गर्दा ९थान हजारको परिमाणमा १ हजार दरको नेपाली रुपैया नारायण पाख्रिनको साथबाट बरामद गरी पाख्रिनलाई पक्राउ गरी थप अनुसन्धान गरी ूमुलुकी अपराध संहिता, २०७४ू को परिच्छेद २२ मुद्रा सम्बन्धी कसूरमा काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारी दिए । पाख्रिनको साथबाट नक्कली नेपाली रुपैया १००० दरको थान ९,सक्कली नेपाली रुपैया १००० दरको थान १ बरामद गरिएको छ ।

एक पटक पढ्नुहोस