काभ्रे/ काभ्रे जिल्लाको बनेपामा केन्द्रिय कार्यालय भई सञ्चालनमा रहेको युएम बचत तथा सहकारी संस्थाको ११ औँ साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ८ वटा शाखा मार्फत कारोबार हुँदै आएकोमा १ बर्ष अघि बाट मात्रै पनौती शाखामा पनि आफ्नो सेवा विस्तार गर्दै आएको थियो । आफ्नो शाखा विस्तार र स्थापना दिवसको अवसर पारी पनौती शाखाले एक बर्ष भरिएको प्रगति प्रतिवेदन समेत सार्वजानिक गरेको छ ।
शाखा प्रमूख अमोद पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा शाखाको कुल पूँजी ८० लाख २५ हजार ४ सय ६७ , कुल शेयर पुँजी पाँच लाख ७१ हजार १ सय, कुल बचत ८१ लाख ६९ हजार ४ सय १७, ऋण लगानी ५३ लाख ५४ हजार १ सय ४३, मोज्जाद रकम १३ लाख ९० हजार ६२ र बैकमा ११ लाख १९ हजार ४ सय ५ रहेको बताए । उनले शाखामा ४ सय ३७ जना क्रियाशिल शेयर सदस्य र बालबालिका ४२ जना रहेको बताए । पराजुलीले भने –“सहकारीले नाफा घाटाको कुराको अलवा पनि हामीले समुदायिक हितको कुरालाई ध्यानमा राखेका छौँ हाम्रो शाखा मार्फत दन्त शिविर समेत आयोजना गरेका थियौँ ।, अबका दिनमा समुदायको आवश्यकतालाई अध्ययन गरि सामुदायिक हितको काम लाई बढावा दिनेछौँ ।” कार्यक्रममा उत्कृष्ट बाल बचत उत्कृष्ट महिला, जेष्ठ सदस्य र उत्कृष्ठ नियमित बचतकर्ता र उत्कृष्ट शाखाका कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमूख अतिथि पनौती ७ नम्बर वडाका अध्यक्ष सविन ताम्राकारले शाखाले पनौतीमा छोटो समयमा नै राम्रो प्रगति गनै सकेको र आफूहरुले सहकारीकोसकरात्मक काम प्रति सदैव साथ दिने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य शुकदेव थपलियाले सहकारीले गरिरहेको प्रगतिको प्रसंसा गर्दै सहकारी मार्फत सबैले सहकार्य गर्नु आजको आवश्यकता रहेको बताए । उनले नेपालीहरुको नजिकिँदो चाढपर्वलाई शुभकामना समेत दिए ।

यस्तै कार्यक्रममा संस्थाका सिइओ तथा ऋण संयोजक रुसन श्रेष्ठले केन्द्रको आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामशरण श्रेष्ठले गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीले बढि भन्दा बढि सेवा गुनात्मक र संख्यात्मक बढाउँदै जाने र भावी दिनमा संस्थाको सेवा लाई अझ फराकिलो बनाउनेतर्फ आफूहरु लागिरहेको बताए ।
उनले सहकारीले पुर्याएको योगदानलाई सरकारले पनि साथ दिनुपर्ने सहकारीकको हितका लागि नीति निर्माणमा सहयोग गर्नुपर्ने तर्क गरेका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरु लाई मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन युएम बचतको मानव शंसोधन तथा परामर्श विभागकी प्रमूख चण्डीका वाक्लेले गरेकी थिइन् । 
