After header

संविधान दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण

काभ्रे/  जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा संविधान दिवस २०७९ को अवसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।संविधान दिवस २०७९ को अवसरमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख आतिथ्यतामा जिल्लको विभिन्न ठाउँमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

संविधान दिवसको अवसरमा जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ८ स्थित गौखुरेश्वर मन्दिर परिसरमा सरसफाई गरी मन्दिर परिसर आसपासका सार्वजनिक स्थानहरुमा धुपी सल्ला, कल्की, काईयो, असारी फुल, क्रिष्मस ट्री लगायत प्रजातिका बिरुवाहरु वृक्षारोपण गरी सरसफाई तथा वृक्षारोपण कार्यक्रम जिल्ला प्रहरीको आयोजनामा भएको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख, सुरक्षा समितिका पदाधारीहरु, जनप्रतिनिधिहरु, मन्दिर व्यबस्थापन समितिमा पदाधिकारीहरु, कालिजंग गण धुलिखेलका गणपती, सशस्त्र प्रहरी बल, नं.१५ गण हे क्वा पाँचखाल काभ्रे सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरु, वडा अध्यक्षहरु र मन्दिर व्यवस्थापन समितिका पदाधारीहरु सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस