तेस्रो पाँचखाल महोत्सव शुरु

पाँचखाल/ काभ्रे जिल्लामा पाँचखाल नगरपालिकामा आज सोमबार बाट पाँचखाला महोत्सव शुरु भएको छ । पाँचखाल युनाइटेड फुटबल एसोसिएसनको आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको महोत्सवको पाँचखाला नगरपालिका प्रमुख महेश खरेलले महोत्सवको उद्घाटन गरेका छन् ।

तेस्रो पाँचखाल महोत्सव २०७९ उद्घाटन गदै प्रमुख खरेलले यस कृषि नगरी पाँचखालामा शुरु भएको महोत्सवले यहाका जनता लागि यो आफुले उत्पादन गरेका कृषि सामाग्रीलाई पहिलो जोड दिन आग्रह गरे । पाँचखाला नगर भित्र उत्पादन हुने तरकारी लगायतका अन्य बिउविजनलाई यस नगरपालिकाले हिजोको दिनमा पनि यसका लागि जोड दिदै आएको बताउदै यस महोत्सवबाट यहाका किसानका लागि अझै थप सहयोग पुग्नेमा आफु विश्वत रहेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अथिति पाँचखाला नगरपालिकाका उप–प्रमुख सूर्यमाया दनुवारले यस महोत्सवले यहाको आर्थिक पर्यटन एवं प्रर्वद्धनमा थप टेवा पुग्नुमा आफू विश्वत रहेको बताईन् । यस महोत्सवका लागि नगरपालिकाबाट हुने सहयोग सम्पूर्ण हुनेमा समेत उनले जानकारी दिईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत एवं डिएस्पी ढुण्डीराज न्यौपानेले महोत्सवभर यस पाँचखाल नगरपालिकामा भईरहेको महोत्सवका लागि प्रशासनको तर्फबाट सुरक्षाका लागि नेपाल प्रहरी सधैव तयार रहेको बताए । चाडपर्व नजिकिदै गर्दा चोरी डकौती लगायतको घटना हुने मध्ये यसका लागि जिल्ला प्रहरी कार्यालय यसको मध्येनजर गदै चाडपर्व लक्ष्छित सुरक्षा योजना तयार भईसकेको समेत जानकारी दिए ।

कार्यक्रममा जिसस उप–प्रमुख रिमबहादरु तामाङ, मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख विष्णुमणी नेपाल, पाँचखाल नगरपालिकाका १ देखि १३ सम्मका वडाअध्यक्षहरु, नेपाली काग्रेसका नेता सुन्दरमणी आचार्य, नेपाली काग्रेसका नेता हेम लामा, माओवादी केन्द्र पाँचखाल नगरपालिका अध्यक्ष चेत प्रसाद गौतम,एकीकृत समावादी पाँचखाल नगर सचिव सूर्य भेटवाल, नेकपा बहुमत काभ्रे संयोजक कृष्ण सेवा लगायतले महोत्सवले कृषि नगरीय पाँचखालको पर्यटन र आर्थिकको सम्भावना बोकेको यस नगरमा भोलिका दिनमा पनि यस्ता खालै कार्यक्रम हुदै जाउन र यसले समग्र पाँचखाल बासीको हकहितका लागि राम्रो सन्देश जाने बताए ।जिल्लाको समृद्धीका लागि थप आयाम थप्न सहयोग पुग्ने समेत उनीहरुले विश्वास ब्यक्त गरेका थिए ।

’खेलकुद विकासमा युवाको अभियान, कृषि, सस्कृति र पर्यटन प्रवद्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मुल नाराका साथ शुरु भएकोे महोत्सव असोज १६ गते सम्म चल्ने आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिए । महोत्सवमा १ सय भन्दा धेरै स्टल छन् । कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्यून शुल्क लिएर जिल्ला भरि छरिएर रहेका ब्यवसायीहरुलाई महोत्सवमा समेट्ने प्रयास गरिएको उनले जानकारी दिए ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि औजारका सामाग्रीहरूको स्टलहरू छन् ।कार्यक्रमको टिकट दर सर्वसाधारणका लागि रु ६०÷– र विद्यार्थी सहुलियत दर रु ४०÷– रहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई निःशुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने आयोजकले जानकारी दिए ।

महोत्सवमा फुटबल प्रतियोगिता,अर्गानिक कृषि प्रदर्शनी,स्थानीय खानाका परिकार,संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु,बाल मनोरञ्जनात्मक गतिविधिहरु,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको संयोजक काफ्लेले बताए ।

नेपालीहरुको महानपर्व दशैको पावन अवसरमा आयोजित पाँचखाल महोत्सवमा दनुवार समुदायको भाषा र सस्कृति झकल्ने स्टल, परम्परागत कला सस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि,पर्यटन प्रर्वद्धनको निमित्त आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको सभापति क्लवका अध्यक्ष मिलन श्रेष्ठको सभापवतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष प्रताप लामाले गरेका थिए ।

एक पटक पढ्नुहोस