बनेपा/ काभ्रे जिल्लाको पाँचखालमा केन्द्रीय कार्यालय रहेर जिल्लाभर सेवा क्षेत्र रहेको आर्थिक विकास मित्र बतच तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जिल्लाको ग्रामीण क्षेत्रमा रहेर पनि वित्तिय कारोबार,बचत तथा ऋणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै अब्बल सहकारीको रुपमा आफूलाई स्थापित गराउने अभियानमा रहेको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष शर्माले आर्थिक विकास मित्र साकोसले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सहकारीको विकासमा अघि बढेको बताएका छन् ।
काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुरेन्द्रप्रसाद पौडेलले सहकारीको भिडमा आर्थिक विकास मित्र साकोस पृथक रहेको औल्याएका छन् ।
उनले सहकारीले निरन्तर रुपमा वित्तिय सुशासनको क्षेत्रमा काम गरेको काभ्रे जिल्ला अग्रणी सहकारीको रुपमा विकास भएको बताए ।
साधारण सभामा पाँचखाल नपाको कृषि तथा सहकारी शाखाका सुर्दशन बोलखे, पाँचखाल नपा सहकारी समन्वय समितीका सदस्य शिवहरि लामिछाने, प्रगतिशिल बहुउदेश्यीय सहकारीका अध्यक्ष केशवप्रसाद काफ्ले, स्वेच्छा सहकारीका अध्यक्ष ज्ञानबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सहकारीका अध्यक्ष सरोज सापकोटाले साधारण सभामा सम्बोधन गर्दै २०७९ असार मसान्तसम्म सहकारीका ९ हजार ३५८ जना सेयर सदस्यबाट ८ करोड ७३ लाख सेयर पुँजी, ६१ करोड बचत संकलन, ८० करोड ऋण लगानी गरेको बताए ।
उनका अनुसार संस्थाले १५ आना जग्गामा कार्यालय भवन बनाएर सेवा प्रदान गरिरहेको छ । बनेपा र मण्डनदेउपुर नगरपालिकामा सेवा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको सहकारीले सामाजिक सेवामुलक गरेको जानककारी दिए ।
संस्थाका सचिव नारायणप्रसाद ढुंगानाले एक बर्षमा सहकारीले गरेको प्रगतीको प्रतिवेदनको पेस गरेका थिए । सहकारीले एक बर्षमा ९५८ जना सेयर सदस्य थप गरेको छ । मानव संसाधन, तालिम तथा गोष्ठि संचालनको बारेमा उनले प्रतिवेदन पेस गरेका थियो ।
कोषाध्यक्ष राजन कार्कीले एक बर्षमा गरेको आर्थिक प्रतिवेदनको बारेमा विवरण सार्वजनिक गर्दै । सहकारीले कोभिडको महामारीमा समेत जुधेर यो अवस्थामा आएको बताए । लेखा समितीका संयोजक बद्रीप्रसाद आचार्यले संचालक समितीका कृयाकलापसँग सम्बन्धित रहेर प्रतिवेदन पेस गरेका थिए ।
