काभ्रे / काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा काभ्रेको बनेपामा पाँचौं संस्करणको काभ्रे महोत्सवको औपचारिक रूपमा आज उद्घाटन गरिएको छ । भव्य सांस्कृतिक र्याली सहित बनेपा परिक्रमा गर्दै आज बाट महोत्सव शुरू भएको आयोजकले जनाएको छ । 
आज सोमबारबाट सुरु भएको महोत्सवलाई बागमती प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई, केन्द्रीय सदस्यहरु सुरकृष्ण बैद्य, दिलसुन्दर श्रेष्ठ, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले महोत्सवले समग्र काभ्रे जिल्लाको समृद्धीका लागि थप आयाम थप्न सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् । 
ब्यावसायिक लगानी अभिबृद्धि, काभ्रेको समुन्नति र समृद्धी भन्ने नाराका साथ शुरु भएको महोत्सवमा एक सयभन्दा धेरै स्टलहरु राखिएका छन् ।
दशैको अवसरमा आयोजित काभ्रे महोत्सवमा परम्परागत कला सँस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि,पर्यटन प्रर्वद्धनको निमित्त आयोजना गरिएको महासचिव रविन्द्र वैदारले बताए । उनले महोत्सवमा १ सय भन्दा धेरै स्टल रहेको जानकारी दिए । कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई उकास्न र स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका ब्यवसायीहरुलाई महोत्सवमा समेट्ने प्रयास गरिएको महासचिव वैदारले स्पष्ट पारेका छन् । 
दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको स्टलहरु छन् । 
महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको उपाध्यक्ष प्रताप वैद्यले बताए । महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प,वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहने वैद्यले स्पष्ट पारे । महोत्सव असोज १५ गते सम्पन्न हुनेछ । महोत्सवमा उपत्यका र काभे्र, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, आदि जिल्लाका बासिन्दाहरुले लाभ लिने अपेक्षा गरिएको छ ।
महोत्सव ५० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा वृद्वबृद्वाहरु लाई निशुल्क प्रवेश गर्न दिने र विद्यार्थी को लागि रु ५० र अन्य को लागि रु १०० को टिकट राखिएको पनि बताइएको छ । महोत्सव असोज १५ गतेसम्म संचालन हुनेछ ।
