After header

भीमफेदी दुर्घटनापरि मृत्यु हुने ६ जनाको सनाखत

हेटौंडा/  काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुदाँ मृत्युहुनेको सनाखत भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने अझै एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी–३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज–३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको भरतपुरमा उपचार भैरहेको प्रहरी जानकारी दिएको छ ।

एक पटक पढ्नुहोस