After header

पहिरोले घर पुरिँदा ६ जना वेपत्ता

प्युठान/ माण्डवी –४ फरेण्डेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका माण्डबी गाउँपालिका अध्यक्ष रोशन अधिकारीले जानकारी दिएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने तयारी गरिरहेको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष रोशन अधिकारीका अनुसार पहिरोमा परि बेपत्ता हुनेमा बोम बहादुर राहु, र निजको श्रीमती नाम नखुलेको, टेकी राहु मगर हिरा बहादुर थापा,मौसमी थापामगर, र सुसान राहुमगर रहेका छन् । उनिहरुको खोजी भैरहेको छ ।

एक पटक पढ्नुहोस