After header

जुम्लामा पहिरोबाट एकै परिवारका ५ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौं / अविरल वर्षाका कारण आएको पहिरोबाट जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए ।

उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको जुम्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकृत प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

एक पटक पढ्नुहोस