After header

अविरल बर्षाका कारण कैलालीमा सयौं घर डुबानमा

धनगढी /  कैलालीमा बिहीबार रातीदेखि आएको अविरल बर्षाका कारण सयौं घर डुबानमा परेका छ्न । जिल्लाको भजनी नगरपालिकाका विभिन्न वडाका घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको भजनी नगरपालिका–२,पल्टापुर,मोहनपुर र तिनघरुवा टोलमा काँडा नदीको बाढी पसेर झण्डै १२५ घरधुरी डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । पल्टापुरका ४० घरधुरीका अन्दाजी ९५ जना मानिसहरु स्थानीय राष्ट्रिय माध्यामिक विद्यालयमा बसेको जनाइएको छ ।

त्यसैगरी वडा नम्बर ७ शिविर टोलमा कान्द्रा नदीको बाढी पसेर ४० घरधुरी डुवानमा परेको र वडा नम्बर ८ को खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको तथा तत्काल विस्थापित नभएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस