After header

वक्तृत्वकलामा मदरल्याण्ड विजयी

भक्तपुर/ नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भाते ढिकुरकी छात्रा प्रशंसा कार्की विजयी भएकी छिन् ।प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेकी मदरल्याण्डकी कार्की एन प्याब्सनको बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।

यस्तै प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी छात्रा सदिक्षा बुढा दोश्रो र ईडेन गार्डेन कै छात्रा सुप्रिया श्रेष्ठले तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् भने पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

ईडेन गार्डेन स्कुलमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले शिल्ड, जिल्ला अध्यक्ष संजय खड्काले मेडल र जिल्ला सचिव जय प्रकाश राईले टिका तथा खादा लगाइ विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्नु भएको जानकारी कार्यक्रम संयोजक नेशनल प्याब्सनका सदस्य सुमन शिल्पकारले बताउनु भयो ।

एक पटक पढ्नुहोस