काठमाडौं/ मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको सञ्चार मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन ्।
ज्ञवालीले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका थिए। शाक्य पूर्वराजदूत हुन् भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए । साथै बैठकले श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा परराष्ट्र मन्त्री विमला राई पौड्याल सहभागी हुन पठाउने समेत निर्णय भएको सञ्चारमन्त्री शर्माले जानकारी दिईन् ।
