After header

पनौती नगरमा बहुमतको घमण्ड

एमालेका जनप्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिस्कार

पनौती/  काभ्रे जिल्ला पनौती नगरपालिकामा यतिबेला विकासका काममा सधै विरोध र किचलो हुने गरेको छ । नगरका विकासका बारेमा र योजनाका बारेमा सधै एमालेका जनप्रतिनिधिद्धारा विरोध हुने गरेको छ ।

यही माघ १५ बस्ने भनी बोलाएको बैठकबाट नगरको विकास र एजेण्डा बारे छलफल गर्ने बोलाईएको कार्यपालिकाको बैठकमा बैठक नै शुरु नभई नेकपा एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जाराको नेतृत्व एमालेबाट निर्वाचित जनप्रतिनिधिले बैठक बहिस्कार गरेका छन् । नगरपालिकामा कार्यपालिकाका सदस्यको बहुमतको दम्भ देखाउदै उनीहरुले कुनै पनि विकासका योजनाहरुलाई अगाडि बढाउन दिएका छैन् ।

आईतबार पनौती नगरपालिकामा उपमेयर गिता बञ्जारा सहितका बहुमत कार्यपालिका सदस्यले नगरपालिकाले निर्णय गरेका धेरै कुरा कार्यान्वयन नगराएको भन्दै प्रेस बिज्ञप्ति मार्फत असमझदारीका विवरण सार्वजनिक गरिन् । बिज्ञप्तिमा स्थानीय सरकारलाई पारदर्शी, मितव्ययी, दुरदर्शी, जनमुखी एंव शुसासनयुक्त भएको हेर्ने आफ्नो चाहना भएको उल्लेख छ । पनौती नगरपालिकामा प्रमुखको नेतृत्वले सबै बिषयलाई कम आंकलन गरेर एक्लै हिड्ने, अपरादर्शी बन्ने, निर्णय र सहभागितालाई छान्ने प्रयासले हैरानी भएको उल्लेख गरिएको छ ।

कार्यकारी अधिकारको अहंकारमा दर्ता चलानीको खरदारीपारामा नगरपालिकाको प्रमुखको हैसियत कमजोर भएको बिज्ञप्तिमा भनिएको छ । हरेक बिषयलाई सन्देशको आँखाले हेर्ने विश्वास गर्न नसक्ने, विवेकपूर्ण निर्णयका लागि महिनौसम्म पर्खाइमा बस्ने आरोप लगाइएको छ ।

निर्वाचनले दिएको सन्देश सहकार्यको भएपनि कार्यकारी अधिकारको दुरुपयोग गरेको आरोप बिज्ञप्तिमा लगाइएको छ । यसका विषयमा नगर प्रमुख रामशरण भण्डारीले जनाए अनुसार उहाहरुले सधै आफुहरु बहुमत रहेको कार्यपालिकामा सम्मान हैसियत चाहियो रे । अनि कुनै पनि योजनामा छलफल गर्न नचाहाने अनि कसरी पनौती नगरको विकास र योजना अगाडि बढाउने उनले भने ।

नगर प्रमुख रामशरण भण्डारीले माघ १५ गतेको कार्यपालिका बैठकमा एजेण्डाहरुमा योजनाको फरफारक गरी भुक्तानी अनुमोदन, वडा नं. ७ का योजनाहरुको रकमान्तर तथा विभाजन, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भुक्तानी अनुमोदन, योजनाहरुको डिपिआर गर्ने, जग्गा कित्ताकाट गर्ने, डिजिटल नगर प्रोफाइल निर्माण, वडा नं. ५ को बालबालिका भवन सम्बन्धमा, नगर सभाको मिति तोक्ने सम्बन्धमा , बसपार्क एवं नगर प्रहरी व्यवस्थापन, प्रदेशका लागि समपूरक र विशेष योजना छनौट र विविध –नि.प्र.प्र.अ लगायतको विषयमा छलफल गर्न बोलाईएको बैठक शुरु नै नभई बैठक बहिस्कार भन्दै पेश विज्ञप्ती जारी गरी कार्यपालिकाको बैठकबाट उहाहरु बाहिरेको नगर प्रमुख भण्डारीले जानकारी दिए ।

नगरपालिकामा बहुमतको घमण्ड गदै उहाहरुले नगरपालिकाको कुनै पनि योजनामा सहयोग नगरेको उनले बताए । पनौती नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरको कुनै विकास नै नचाहेको नगरका एक कर्मचारीले बताए । झुटोको खेति गर्न सिपालु रहेका उहाँहरु पहिला नगरको बजेट लुट पल्केकाहरु अहिले नगर प्रमुख भण्डारीले रोकिदिए पछि उहाँहरुलाई औडा भएको उनले बताए ।

पनौती नगरभित्र अहिले सम्म पनि कुनै राम्रो काम हुन नसकेको स्थानियको भनाई रहेको छ । विकास विरोधी एमालेका जनप्रतिनिधि भएकाले यसको जिम्मा सिङ्गो एमाले पार्टीले लिनु पर्छ । हैन भने कार्यपालिकाको बैठकबाट नै बहिस्कार गरेर नगरको विकास नचाहाने हो भने किन जनतालाई विकासको झुटो आशा देखाउनु परो उनले भने ।

एक पटक पढ्नुहोस