After header

६ बर्षमुनीका बालबालिकाको किड्स ओलम्पिक हुने

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपामा जिल्लामै पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीका लागि किड्स ओलम्पिक हुने भएको छ । आगामी माघ २८ गते लायकु राजमञ्चको खेलमैदानमा हुने ओलम्पिकमा जिल्लाका १२ विद्यालयका २८० बालबालिकाले सहभागिता रहने आयोजकले जानाकारी दिएको छ ।

बनेपामा बुधबार पत्रकार सम्मेलनमा जित्नुभन्दा सहभागिता नै महत्वपुर्ण रहेको सन्देश बोकेर प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितीका सविना प्रजापतीले जानकारी दिइन् । अर्लीचाईल्डहुड टिर्स एसोसिएसनले आयोजना गर्ने प्रतियोगिताले बालबालिकामा सानो उमेरदेखि खेलकुदप्रती चासो दिने र आत्मविश्वास बढाउने उदेश्य राखिएको उनले जानकारी दिईन् ।

सानो उमेरदेखिनै शारिरीक तथा सामाजिक विकासका लागि यस्ता कार्यक्रमले महत्व दिने आयोजकले विश्वास लिएको छ । प्रतियोगितामा सबै बालबालिकालाई प्रोत्साहन गरिने पुुरस्कार वितरण गर्ने लक्ष्य राखिएको छ । काठमाडौमाहुँदै आाएको ओलम्पिकलाई मोफसलमा समेत विस्तार गर्ने उदेश्यले प्रतियोगिता संचालन गर्न लागिएको हो ।

प्रतियोगितामा बेलर किड्स क्यासल, पालिन्दा किड्डर गार्टेन, आरएमएस स्कुल, अर्किट इन्टरनेशनल, काभ्रे सेकेण्डरी बुडोल र बनेपा, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, प्रगती प्रभात एकेडेमी, एभरेष्ट एकेडेमी, इशा मेमोरियल र ज्ञानज्योती सेकेण्डरी स्कूलका ६ बर्षमुनीका बालबालिकाले सहभागिता जनाउनेछन् । फरक फरक विद्यालयका विद्यार्थीबीच सम्बन्ध विस्तार गर्ने, वातावरण जोगाउने तरिका सिकाउन ओलम्पिकले भुमिका खेल्ने अपेक्षा राखिएको छ ।

एक पटक पढ्नुहोस