काभ्रे/ दुध तथा दुग्धजन्य पदार्थहरुको उत्पादन लागत बढेसँगै मूल्य पनि सोही अनुसार समायोजन गर्न काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले एक पत्रकार सम्मेलन गरी काभ्रे जिल्लाले देशैभरमा दुधमा छुट्टै हिस्सा ओगटेकोकुरा लाई ध्यानाकर्षण गराउँदै अहिलेको बजार मुल्य अनुसार दुध उत्पादन लागतले बजारमा विक्री भईरहेको दुधको मुल्य कायम राख्ने हो भने दुध उत्पादनको भावी दिनको हिस्सा घट्न जाने र किसानहरुमा बितृष्णा पलाउन सक्ने भन्दै मुल्य समायोजन गर्न सरोकारवालासँग माग गरेको छ । वहाँहरुका अनुसार हालै किसानहरुले उत्पादन गरेको दुधमा उपभोग्य बस्तुहरुको मुल्य, किसानहरुले पशुबस्तुलाई खुवाउने दाना,पिठो,पिना,ढुटो, चोकर घाँस, परालको मुल्यसँगै उन्नत नश्लका पशुहरुको समेत मुल्य बृद्धि भईरहेको भन्दै मुल्य तत्कालै समायोजनको आवश्यकरहेको संघले जारी गरेको अध्यक्ष नारायण प्रसाद बडालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा सो संघका ९६ सदस्य सहित काभ्रेका २७२ सहकारी संस्था नीजि क्षेत्रका ४०० संकलन केन्द्रहरुबाट संकलित दुध तथा दुग्धजन्य पदार्थहरु जिल्लामा अवस्थित आधा दर्जन भन्दा बढि नीजि डेरी उद्योगहरु, सरकारी स्वामित्वको आधा दर्जन संकलन केन्द्रहरु र साना उद्योगीहरुबाट बजारतर्फ दुध तथा दुग्धजन्य पदार्थहरु पुर्याउन क्रियाशिल हुँदै आएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिए अनुसार काभ्रे जिल्ला दुधमा आत्मनिर्भर भईसकि पनि १३ वटै स्थानिय निकायहरुबाट दैनिक ३ लाख लिटर दुध उत्पादन भई बजार तथा देशका विभिन्न भागहरुमा निर्यात गर्दै आएको तथ्यांक छ ।
विज्ञप्तीमा भनिएको छ । तत्कालै ुरकारले मुल्य समायोजन गरी किसानलाई प्रोत्साहन गर्न सके व्यवसायीक पशुपालक किसानमा उत्साह आउने अहिलेको उत्पादन लागत अनुसार घाटा भोगीरहेका किसानलाई आत्मनिर्भर बनाउन र बढ्दो बैदेशिक रोजगारी यूवाशक्ति पलायन रोक्न समेत मद्धत पुग्ने उल्लेख गरिएको छ ।
संघले केन्द्रिय दुग्ध सहकारी संघ लिको २४ गतेको ध्यानाकर्षणमा प्रतिबद्दता समेत जनाएको छ ।

दुधको उत्पादन लागत बढेसँगै मुल्य समायोजन गर्न दुग्ध उत्पादक सहकारी संघको माग
एक पटक पढ्नुहोस