After header

प्रतिनिधि सभा बैठक चैत ५ गते पछि मात्रै बस्ने

काठमाडौं/  प्रतिनिधि सभाको बैठक अगामि चैत्र ५ गते पछि मात्रै बस्ने भएको छ ।आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

एक पटक पढ्नुहोस