After header

पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौँ/ नेपाल प्रहरीका पाँच जना डिआईजीहरुलाई एआईजीमा बढुवा भएका छन् । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीको सिफारिस गरेको हो ।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

एक पटक पढ्नुहोस