After header

सूर्यको सत्याग्रह बजारमा 

काभ्रे/ कथाकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा सङ्ग्रह सत्याग्रह बजारमा आएको छ । उनको यो कथासङ्ग्रह २०७९ को अन्तिम महिना मा प्रकाशन भएको हो । २०४६ साल चैत्र २६ गते को उपलब्धि लाई स्मरण गर्दै सत्याग्रह चैत्र महिनामा प्रकाशन गरेको कथाकार लाकोजूको कथन छ । चैत्र महिनामा भएको राजनैतिक परिवर्तन पनि कथाको विषय बनेको छ ।

सत्याग्रहमा जम्मा एघारओटा कथाहरू रहेका छन । प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन । उनीहरूको दुख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन । सामाजिक संजालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन । सो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरुको मेला, श्पर्स, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्वर्षे मकरमेला, स्मृतिका आलेखहरु प्रेरणाको चौतारी, गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरु, घामको चुम्वन, अक्षरका स्वरहरु, स्वर्णिम धुन, सुसेली , पनौतीका केही जात्रापर्वहरू, घाम फुल्ने याम, स्मृतिको आँखिझ्यालबाट, यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन लगायतका तीन दर्जन साहित्यि कृतिहरू प्रकाशित छन् । कविता विधाका सशक्त कवि लाकोजूको यो कथासङ्ग्रह भने पहिलो कृति हो ।

एक पटक पढ्नुहोस