After header

मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव मनाउदै

काभ्रे/  काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव यही चैत ३० गते देखि ३ दिन मनाउने भएको छ ।मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव (त्रिदिवशीय ) तथा धार्मिक अनुष्ठान को पावन अवसरमा पुण्य लाभका लागि भन्दै सम्पूर्ण धर्मानुरागी श्रद्धालु भक्तजनहरुलाई चैत्र ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा निमन्त्रण गरेको छ ।

व्रह्मोत्सवको अवधिमा चैत्र ३० गते पूर्वाङ्ग विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण अग्नि प्रतिष्ठा, ध्वजारोण गरिने आज शुक्रबार पत्रकार सम्मेलनमा जनाकारी दिएको छ । यसै गरी नयाँ वर्षका दिन वैशाख १ गते द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, नित्य पूर्णाहुति र मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले जानकारी दिए ।

वैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, भूदेवी वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, श्री पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिने उनले जानकारी दिए ।‘संस्थापक अध्यक्ष स्व. गोपालबहादुर थापाको परिकल्पना अनुसार निर्माण गरिएको यस मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठान गरिएको एक वर्ष पूरा भएको अवसरमा हामीले सबै नछेत्र र तिथिका आधारमा यहि चैत ३० गते देखि ३ दिन यस मन्दिरको प्रथम व्रह्मोत्सव मनाउन लागेको व्यवस्थापन समिति तथा व्रह्मोत्सव समितिका प्रचार प्रसार समितिका संयोजक भोला थापाले जानकारी दिए ।

यस पनौती नगरपालिका भित्र रहेको यस पनौतीको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक क्षेत्रलाई मुक्तिनाथ मन्दिरले काभ्रे जिल्लालाई धार्मिक स्थलको रुपमा चिनाएको समेत उनले जानकारी दिए । कार्यक्रममा प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान आयोजना मूल व्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले २०७८ असोज २५ गते देखि मुक्तिनाथ मन्दिरमा पूजा सुरु गरिएको भए पनि २०७९ वैशाख ८, ९ र १० गते प्राण प्रतिष्ठा गरिएको थियो ।

सोही तिथीलाई वार्षिक दिनको अवसर पारी यो वर्ष चैत्र ३० गते देखि वैशाख २ गतेसम्म मनाउने गरेको उनले जानकारी दिए । १ सय ५१ सदस्य रहेको मूल व्यवस्थापन समितिले धार्मिक अनुष्ठान सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको छ । मन्दिर सजावट, प्रसाद व्यवस्थापन, अतिथि स्वागत, आर्थिक सङ्कलन तथा व्यवस्थापन, रथ यात्रा तयारी व्यवस्थापन तथा अन्य कार्यका लागि उप समिति मार्फत कार्य विभाजन गरिएको छ ।

पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा, मूल समारोह समितिका संयोजक राजेन्द्र थापा, प्रचार प्रसार समितिका संयोजक भोला थापा, राधव सिं थापा तथा समितिका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस