काभ्रे/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया सम्बन्धी तिन दिने पत्रकारिता तालिम शुभारम्भ भएको छ ।
कार्यक्रममा रोशी गाउँपािलकाका अध्यक्ष एवं फोनिज काभ्रेका संस्थापक अध्यक्ष दिनेश लामाको प्रमुख आतिथीत्वमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा संस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नु पर्ने थुप्रै विषयहरुलाई समेटेर तालिम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यमसँग खोज पत्रकारिता आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु सहनिय भएको बताए । यस्ता कार्यक्रमका लागि आफू र आफ्नो गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता गरे । उनले विशेष गरि यतिबेला खोजपत्रिकारिताको आवश्यक रहेकोले यसबाट सिकेर सिकेका कुरा व्यवहारमा सर्तान समेत उनले आग्रह गरे ।

कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले फोनिजलाई जातिवादी संगठनका रुपमा नहेर्न अनुरोध गरे । पत्रकार महासंघ तथा राजनीतिक दलका भातृ संगठनहरुले समेत फोनिजलाई फरक ढंगबाट हेरेको बताउँदै लामाले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुका समस्या, पहिचानको मुद्दा तथा आयआर्जनमा जोड्ने गरी खोज पत्रकारिता गर्न तालिम महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा रोशी गाउँपालिकाका वडा अध्यक्षहरु श्रीदास लामा, अशोक कुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका इन्चार्ज पेमा लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई, रेडियो प्रशारण सघं काभ्रेका अध्यक्ष सचित खड्का लगायतले तालिमले खोज पत्रकारितामा सहयोग पुग्ने अपेक्षा सहितको शुभकामना राखेका थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव सुरज श्रेष्ठले संचालन गरेका थिए । उपाध्यक्ष कृष्णबहादुर लामाले तालिमको आवश्यकताका बारेमा जानकारी गराएका थिए । तालिममा काभ्रे जिल्लाका ३० जना सहभागि रहेने अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिए । तालिम चैत्र २४, २५ र २६ गते सम्म चल्ने उनले जानकारी दिए ।
