After header

फोनिज काभ्रेद्वारा पत्रकारिता सम्बन्धि तीन दिने तालिम सम्पन्न

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा तीन दिने खोज तथा डिजिटल मिडिया सम्बन्धि तालिम सम्पन्न भएको छ । धुलिखेलमा शुक्रबारबाट शुरु भएको तालिम आज आईतबार समापन भएको हो । तालिममा जिल्लाका बिभिन्न पालिकाहरु बाट ३० जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रम आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आत्थियतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति राईले फोनिज काभ्रेले नयाँ टिम आए संगै धेरै कार्यक्रमहरु गर्न सफल भएको यो जिल्लाको तालिम पनि नयाँ समितिको उल्लेखनिय कार्यक्रम भएको बताए । कार्यक्रममा फोनिज संघिय समितिले देशै भर तालिम संचालन गर्न केन्द्रिय उपाध्यक्षको नेतृत्वमा प्रशिक्षण बिभाग समेत गठन गरिएको बताए । प्रशिक्षण बिभाग बनाएपछि तालिम संचालन गर्ने पहिलो जिल्ला फोनिज काभ्रे भएको राईको भनाई छ ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख अमरध्वज लामाले काभ्रे जिल्लामा फोनिजले बिधिध कार्यक्रमहरु संचालन गरेर सक्रिया देखएको यो तालिम एक उदाहरण भएको भएका बताए । फोनिज केन्द्रले देश भर तालिम लगायत बिभिन्न कार्यक्रमहरु गर्नको लागि ६० जिल्लामा रहेका शाखाहरुलाई परिपत्र समेत गरिएको लामाले बताए ।
समापन कार्यक्रममा फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामाले काभ्रे जिल्लाले बागमती प्रदेशमै पहिलो पटक तालिम संचालन गरेर अरु जिल्लालाई पनि थप प्रेरणा दिएको बताए ।
तालिमको समापन सभामा बोल्दै कार्यक्रमको सभाध्यक्ष एवं फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले तालिमको लागि थोरै दिन भएपनि तालिममा सहभागिहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको बताए । पछिल्लो समयमा बिकास हुदै गरेको डिजिटल मिडिया र खोजी पत्रकारिता बारेमा तालिम पछि सहभागिहरुको लागि उपलब्धि मुलक भएको महशुस गरेको उनले बताए । आगमी दिनहरूमा पनि तालिमको आयोजना गरीरहने विश्वास दिलाए ।
तालिममा सहभागिहरुलाई प्रमुख अथिति राईले प्रमाण पत्र बितरण गरिएको थियो ।
तीन दिन सम्म चलेको तालिम रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज कभ्रेको आयोजनमा संचालन भएको थियो । तालिम समापन कार्यक्रममा फोनिज बागमती प्रदेश स्थानीय सञ्चार हित प्रवर्धन विभागका संयोजक उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका संस्थापक सल्लाहकार मानकाजी सुवाल लगायतको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस