After header

बहिनी नाता पर्ने लाई वेश्यालयमा बेच्ने प्रतिवादी पक्राउ

शुकदेव थपलिया काभ्रे ।

२६ वर्षअघि आफ्नै गाउँको बहिनी नाता पर्ने महिलालाई बेचेका प्रतिवादी पक्राउ परेका छन् । भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को प्रेम लामा भन्ने ओम बहादुर तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार निज तामाङले परिवर्तित नाम (मिना) लाई आ.व २०५८/५९ को जिल्ला ३० बोल्दे १ (क) लाई २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित ३ नं. कोठीमा लगेर भारु. ३५,००० मा बेचेका थिए । चार (४) वर्षसम्म वेश्यालयमा नरकीय जीवन बिताएकी पीडितले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा प्रेम लामा विरुद्ध जाहेरी दिएकी थिइन् । तेमाल गाउँपालिका वडा नं. ३ सरमथली घर भएका निज प्रतिवादी तामाङ वारदातकै समयदेखि फरार थिए ।

काभ्रे प्रहरीको पुराना मुद्दा फर्छ्यौट गर्ने विशेष पहलका क्रममा फरार प्रतिवादी तामाङ २०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नं.१५ भगवानपाउबाट पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई सम्मानित जिल्ला अदालत काभ्रेपालञ्चोकबाट जिउ मास्ने बच्ने (मानव बेचबिखन तथा ओसार पसार) मुद्दा शिर्षकमा पहिलो पटकलाई दिन सात (७) म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने बताए ।

एक पटक पढ्नुहोस